जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु



काठमाडौँ– भारतको राजधानी दिल्लीको मुन्डकास्थित एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् ।

आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ७ : २२ बजे