काठमाडौं – बलिउडका चर्चित अभिनेता सोहेल खान पत्नीसँग अलग्गिने भएका छन् । विवाह गरेको २४ वर्षपछि सोहेल र उनकी पत्नी सीमा खान अलग्गिने भएका हुन् । भारतिय मिडियाका अनुसार शुक्रबार उनीहरु मुम्बईको फेमिली कोर्टमा गएका थिए । त्यहाँ उनीहरुको पति पत्नी जस्तो व्यवहार थिएन् ।
उनीहरु कोर्टबाट निस्किएपछि पनि आ-आफ्नो गाडीमा चढेर घर गएका छन् । सोहेल र सीमाले आफूहरुको सम्बन्ध विग्रिएको बारे आधिकारिक जानकारी भने दिएका छैनन् । साहेलले सीमासँग पहिलो भेटमा नै मनपराएका थिए ।
त्यसपछि केही समयको प्रेमसम्बन्धपछि उनीहरुले विवाह गरेका थिए । उनीहरुले मुम्बईको एक मन्दिरमा विवाह गरेका थिए । उनीहरुका दुई छोरा निर्वाण खान र योहान खान छन् ।
प्रतिक्रिया