जेठ १५, २०७९ आइतबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१११ वर्षीय वृद्धाले पनि गरिन् मतदान



मङ्गलबारे – इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् ।

उत्तिकै उत्साहका साथ यस पटक उहाँले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताए ।

उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ७ : २६ बजे