काठमाडौं – रुपन्देहीमा एक उम्मेदवारको घरमा विस्फोट भएको छ । शुक्रबार मर्चवारी(५ बनियाडिहमा नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।
विस्फोट हुँदा उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छिन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उको हात, पाखुरा मा चोट लागेको छ । विस्फोट भएपछि प्रहरीको टोली उनको घर पुगेको छ ।
मतदान भइरहेको समयमा करिब साढे ४ बजे घरभित्र विस्फोटक भएको जनाइएको छ। घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य खुल्न सकेको छैन ।
प्रतिक्रिया