काठमाडौं – रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाफिकोट गाउँपालिका-७ मा ७० वर्षीय प्रवीण खत्री रहेका छन् ।
जनककुमार बाँठामगर सवार लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको हो । प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया