जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेश हमालले गरे मतदान, अर्को चुनावमा उठ्ने संकेत



काठमाडौं – अभिनेता राजेश हमालले पनि स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । हमालले लैनचौरस्थित कन्या हाईस्कुल केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान लाइनमा बसेर पालो कुरेरै मतदान गरेका हुन् ।

मतदान गरेपछि हमालले मतदाताको कर्तव्य भोट हाल्नु मात्र नभइ आफूले जिताएको जनप्रतिनिधिले सही काम गरेको छ वा छैन भनेर हेर्नु पनि रहेको बताए ।

उनले अर्को चुनावमा आफु पनि मेयर उठ्न सक्ने संकेत गर्दै उनले भने – ‘भविष्यवाणी त म के गरौं ? तर उठ्दिन भन्न पनि सकिंदैन ।’

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ३ : ४३ बजे