काठमाडौं – शुक्रबार बिहानैदेखि देशभरका मतदान केन्द्रबाट एकैपटक मतदान भइरहेको छ । मतदान भइरहदा कुनै ठाउँमा झडप र विवाद भइरहेको छ भने धेरैजसो ठाउँमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ ।
यस्तै निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगका अनुसार आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा मतदान कार्य भइरहेको छ । देशभर १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा मतदान भइरहेको हो ।
प्रतिक्रिया