धादिङ – धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ को अकलादेवी मावि मतदान केन्द्र हाताबाट नक (हातको मुट्ठीमा लगाउने हतियार) सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय तहको निर्वाचन मतदान भइरहेको स्थलमा नाइनेस्टिक लिएर प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २८ वर्षको होम नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया