जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेन्नईमाथि मुम्बईको सहज जित



काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ ।

मुम्बइस्थित वानखेडे स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा मुम्बइले चेन्नईमाथि ५ विकेटको सानदार जित निकालेको हो।

चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको जितमा तिलक वर्माले अविजित रहदै ३४ रन बनाए । कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । टिम डाभिड १६ रनमा अविजित रहे ।

चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ३६ रन बनाए । ड्वाने ब्राभोले १२ रन जोड्दा अम्बाती रायडु र शिवम डुबे समान १० रनमा आउट भए ।

मुम्बईका डानिल साम्सले ३ विकेट लिए । रिले मेरीदिथ र कुमार कार्तिक्यले २/२ विकेट लिए ।

जितसँगै तालिकाको पुछारमा रहेको मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ । चेन्नई १२ खेलमा ८ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ६ : २९ बजे