असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं – नेपालमा थप ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार देशभर गरिएको २ हजार ४ सय ६३ पिसिआर परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ३ सय ५४ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ५७ जना निको भएका छन् । हाल नेपालमा १ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ५ : २४ बजे