असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

क्रिकेटर महेन्द्र सिंह धोनीले फिल्म बनाउँदै, नयनताराको मूख्य भूमिका



काठमाडौं – भारतका चर्चित क्रिकेटर तथा भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले तमिल फिल्म निर्माण गर्ने भएका छन् । क्रिकेट क्षेत्रमा ठुलो योगदान पुर्याइसकेका धोनीलाई फिल्म बनाउन लामोसमयदेखि इच्छा रहेको थियो । त्यो इच्छा उनले अब पुरा गर्ने भएका छन् ।

उनको पहिलो फिल्मका लागि अभिनेता रजनीकान्तले सहयोग गर्ने भारतिय मिडियामा जनाइएको छ । उनले फिल्मको आधिकारिक घोषणा आईपीएल सकिएपछि गर्ने बताइएको छ ।

फिल्ममा अभिनेत्री नयनताराले मूख्य भूमिका निभाउने भएकी छिन् । नयनतारा अहिले आफ्नो आउँदो बलिउड फिल्मको शूटिंगमा व्यस्त छिन् । यस फिल्ममा उनको जोडीमा शाहरुख खान देखिनेछन् ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ५ : १६ बजे