जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको दुई दिन बिदाबारे त्रिविमा अन्योल



काठमाडौँ – सरकारले आगामी जेठ १ गतेदेखि साताको दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयमा यो लाग दुई दिन सार्बजनिक बिदा दिने नदिनेबारे अन्योल भएको छ ।

सरकारको निर्णयबारे त्रिविको आधिकारिक धारणा सार्बजनिक नहुँदा त्रिविमा कार्यरत शिक्षक, विद्यार्थी एवम् कर्मचारीहरुलाई अन्योल भएको हो । त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघले आज विज्ञप्ती जारी गर्दै शिक्षक, कर्मचारी र विद्यार्थी माझ बिदा हुने वा नहुने अन्योलाको  रहेको हुँदा सम्बन्धित निकायबाट अविलम्ब आवश्यक निर्णय गरी क्याम्पस, कार्यालय, विभाग र निकायहरुमा जानकारी गराउन आग्रह गरेको छ । संघका अध्यक्ष प्रकाश पुडासैनीले जारी गरेको विज्ञप्तीमा यसअघि त्रिविले नेपाल सरकारले गरेका विदाका निर्णय अक्षरशः पालना गर्दै आएकोमा राजपत्रमा प्रकाशित सूचनाबारे पदाधिकारीले समयमा निर्णय नगरेको आरोप पनि लगाएको छ ।

त्रिवि प्रवक्ता सूर्य अधिकारीले सातामा दुई दिन बिदा दिने निर्णय तत्काल कार्यान्यवन गर्न अप्ठेरो रहेको बताए । क्यानडा नेपालसँग उनले त्रिवि सेमेष्टरका रुटिन सार्वजनिक भइसकेककोले तत्काल निर्णय गरे त्रिविको कार्यतालिका नै प्रभावित हुने बताए । उनले अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । सरकारले सातामा दुई दिन विद्यालय विदाको निर्णय परीक्षणका रुपमा मात्र भनेकाले आफूहरुले समेत सोही अनुरुप लिएको पनि उनले बताए ।
सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

त्रिविले आफ्ना आंगिक क्याम्पसहरुलाई स्थानीय तहको निर्वाचनको सन्दर्भ पारेर वर्षे बिदाको निर्णय गर्दै विगतमा असारमा दिने वर्षे विदा अगाडि सारेर गत बैशाख २३ गतेदेखि जेठ १३ गतेसम्म बिदा दिइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार बिदा दिन सकिने निर्णय गरेको हो । गत १३ वैशाखको मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ४ : २५ बजे