जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुमुल्य भोटको प्रयोग गर्न नपाउँदा नायिका केकी अधिकारी दु:खी



काठमाडौं – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफुले चाहेको उम्मेदवारलाई मत दिन नपाउने भएपछि अभिनेत्री केकी अधिकारीले दु:ख व्यक्त गरेकी छिन् ।

हाल अमेरिकामा रहेकी केकीले बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको बताएकी छिन् । उनले आफू काम विशेषले देश बाहिर भएको कारणले मताधिकारको प्रयोग गर्न नपाएको र यसमा आफूलाई दुख लागेको बताएकी छिन् ।

उनले लेखेकी छिन् -‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ। काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन। तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मुल्य पक्कै बुझ्नुभएकै छ। ‘

केकीले निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्न अनुरोध पनि गरेकी छिन् । लेख्छिन् – ‘निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला। शान्त ,सुरक्षित अनि सुब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु।’

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  ९ : २४ बजे