जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जजिरा एयरवेजले गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते पहिलो उडान गर्ने, यस्तो छ तालिका



काठमाडौं – भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध जयन्तीको अवसर पारेर सञ्चालनमा आउँदैछ । सोही दिन जेठ २ गते जजिरा एयरवेजले पहिलो पटक उडान गर्ने भएको हो ।

जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो ।

आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिकामा जनाइएको छ । भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान गर्ने भएको छ । यस्तो छ तालिका

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  ६ : २२ बजे