काठमाडौँ – नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार देशभर गरिएको तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नेपालमा थप १६ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया