जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोनाको सहज जित



काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित सेल्टा भिगोलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा मेम्फिस डिपेले ३० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ४१ र ४८ औं मिनेटमा पिएरे एम्रिक अबुमेयाङले व्यक्तिगत दुई गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।
५० औं मिनेटमा सेल्टाको इयागो आसपसले गोल गरेपनि बार्सिलोना ३-१ ले विजयी भयो ।

खेलको ५८ औं मिनेटमा जेइसन मुरिलोले रातो कार्ड पाएपछि सेल्टा १० खेलाडीमा समेटिएको थियो ।

यस जितपछि बार्सिलोनाले ३६ खेलमा ७२ अंक जोडेर बार्सिलोना दोस्रो स्थानमा छ ।

सेल्टा ४३ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  ८ : ५७ बजे