जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलको उपाधि होड कायमै



काठमाडौँ– एस्टन भिल्लामाथि जित निकाल्दै लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होड कायमै राखेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टनको मैदानमा लिभरपुलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको तेस्रो मिनेटमा डुग्लास लुइजले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, छैटौं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

लिभरपुल ३६ खेलमा ८६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

एस्टन ४३ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  ८ : ५१ बजे