जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सागकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी चौधरीलाई अन्तिम श्रद्धान्जली



काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी स्व। सञ्जु चौधरीलाई अन्तिम श्रद्धान्जली दिइएको छ । मंगलबार चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा अन्तिम श्रद्धान्जली दिइएको हो ।

चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डा र राष्ट्रिय खेलकुद परिषद्को झन्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका थिए । यस्तै चौधरीको शवमा राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धान्जली व्यक्त गरेका थिए ।

बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको गृहनगर लगिने जनाइएको छ । चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ५ : ४० बजे