केही मानिस एक्लै बस्न रुचाउँछन् । यस्तै केही मानिस भिडभाडमा बस्न चाहान्छन् । हरेकले आफू अनुकुलको घर बनाउने चाहाना हुन्छ । यस्तोमा एउटा सिंगो आईल्याण्डको केवल एउटा घरमा बस्न चाहाना कसले राख्न सक्ला ।
धेरैलाई जानकारी नहुन सक्छ, यो विश्वको सबैभन्दा सुनसान घर मानिन्छ । यो एक आइल्याण्डमा केवल एक्लो घर हो । अमेरिकाको वोहोआ बे मा डक लेड्ज्स आइल्याण्डमा अवस्थित यस घरको क्षेत्रफल १ दशमलव ५ एकड छ ।
यो घरमा केवल एक बेडरूम छ । यसलाई विश्वकै एक्लो घर मानिन्छ । यो घर बोल्ड कष्ट प्रोपटीको एजेन्टसंग छ । अहिले भने यो घर बिक्रीमा छ ।
एक कोठाको आलिशान यो घर सन् २००९ मा बनाइएको थियो । ५४० स्क्वायर फिटमा बनेको यस घरमा आवश्यक सबै सुविधाहरु उपलब्ध छ । यो घरको भित्ता काठबाट बनाइएको छ । साथै झ्यालमा टिम्बर फ्रेम हालेर सुन्दर डिजाइन दिइएको छ ।
धेरैलाई आश्चर्य लाग्न सक्ला, समुन्द्रको बीचमा बनेको यस घरमा बाढीको कुनै डर छैन । घरको केवल एक कमजोरी भनेको यस घरमा बाथरुम छैन । साथै घरमा रातमा समुन्द्री जीव र गिद्धको आवाज आउँछ ।
एक बेडरूम भएको यस घरको मूल्य करिब ४ करोड १६ लाख रुपैँया अर्थात ३ लाख ३९ हजार डलर तोकिएको छ ।
प्रतिक्रिया