जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खराब समयमा कसरी बाहिर निस्कने ? यी हुन् चाणक्यका केही टिप्स



मानिसको जब खराब समय चल्छ एकसाथ धेरै समस्याले घेर्ने गर्दछ । यस्तोमा मानिस अनावश्यक चिन्तामा पर्ने गर्दछ । तर केही विशेष कुराको ख्याल राख्न सक्यो भने मानिस खराब समयबाट माथि उक्सिन पनि सक्छ । महान् विद्वान आचार्य चाणक्यले यस्तै केही टिप्स दिएका छन् जसको पालना गरे सहजै कठिन अवस्थाबाट मानिसले पार पाउन सक्छ ।

– चाणक्य नीति अनुसार समस्या जतिसुकै ठूलो किन नहोस् यस्तो बेलामा नडराइ सोच सकारात्मक राखेर निरन्तर काम गरेमा समस्याबाट मुक्ति मिल्नेछ ।

– कुनै पनि कुरा सोच्दा शान्त भएर सोच्नु पर्दछ । यसो गरे जस्तोसुकै कठिनाईमा पनि मानिस बाहिरीन सक्छ । तर चिन्ता र भय राखेमा मानिसले दुखः पाउन सक्छ ।

– जस्तोसुकै खराब समयमा पनि मानिसले वर्तमानको अवस्थासंग जुध्नु पर्दछ । विगतका अनुभव र भविष्यको चिन्ताले मानिसलाई झनै समस्यामा पार्न सक्छ । त्यसैले वर्तमानको सही तरीकाले विश्लेषण गरी रणनीति बनाएर समस्यासंग जुध्नु पर्दछ ।

– खराब समयसंग लड्न पैसा उपयोगी हुनसक्छ । त्यसैले पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्दछ ।

– हरेक परिस्थितीमा आत्मविश्वास हुन जरुरी छ । यदि आत्मविश्वास छ भने जस्तोसुकै चुनौतीको पनि सामना गर्न सकिन्छ । आत्मविश्वासको कमीले समस्या झन् बढाउँछ ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ७ : ३० बजे