जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्डर गरेको परौठामा फेला पर्‍यो सर्पको छाला, प्रियाले तुरुन्त प्रहरी बोलाइन्



काठमाडौं – अचेल धेरै मानिसहरु घरमै पकाएर खाजा खानु भन्दा रेस्टुरेन्ट होटलहरुमा धाउने गर्छन् । मानिसहरुले रेस्टुरेन्ट वा होटलमा बनेको खानेकुरा पार्सल गरी ल्याएर खाने पनि गरेका छन् । केरलामा यस्तै पार्सल गरि ल्याएको खानामा सर्प परेपछि होटल नै बन्द गरिएको छ ।

खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको हो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गरेका थिए । तर अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेपछि उनीहरु नै अचम्ममा परे ।

तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा सर्प फेला परेको हो । प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाउदा त्यसमा सर्पको छाला देखिएको हो ।

छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्‍यापिङ पेपरमा सर्पको छाला देखेकी थिइन् । उनले प्रहरीले खबर गरिन् । प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई पनि बोलाइन् । अहिले त्यो होटल बन्द भएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ९ : ३४ बजे