श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको ज्याकेटको चर्चा, करोडौ मूल्यमा बिक्री



काठमाडौं । रुसले युक्रेनमाथि अहिले पनि आक्रमण जारी नै राखेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण नगर्ने भन्दै विभिन्न देशसँग सहयोग मागिरहेका छन् । जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी समेत दिइसकेका छन् ।

युद्धको समयमा युक्रेनका राष्ट्रपति जेलेन्स्की र युक्रेनीहरूले देखाएको बहादुरीको धेरै देशले प्रशंसा पनि गरिरहेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि भेटेरै युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रशंसा गरे र सहयोग गर्ने आश्वासन पनि दिए ।

युक्रेनमा आक्रमण सुरू गरेपछि त्यहाँ भूराजनीतिक उथलपुथल र शरणार्थी संकट निम्तिएको छ । यस्तो अवस्थामा जेलेन्स्कीले हिम्मत भने हारेका छैनन् । यसैबीच पछिल्लो समय जेलेन्स्कीको ज्याकेट पनि चर्चा चलिरहेको छ । जेलेन्स्कीले लगाएको ज्याकेट महँगोमा बिक्रि पनि भएको छ ।

सिएनएनका अनुसार जेलेन्स्कीले लगाएको ज्याकेटमा उनको हस्ताक्षर रहेको छ । जुन ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ अर्थात् अमेरिकी एक सय एघार हजार अमेरिकी डलर मा बिक्री भएको हो ।

बेलायतको लागि युक्रेनी दूतावासले शेयर गरेको एक भिडियोमा पनि यस बारे बताइएको छ । उक्त भिडियोमा जेलेन्स्कीको एक मात्र ज्याकेट ९० हजार पाउन्डमा बिकेको बताइएको छ । अहिले जेलेन्स्कीको नयाँ तस्बिर सार्वजनिक भए पनि भइरल हुने गरेको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ८ : २३ बजे