श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

नरिवल पानी पिउँदाका ८ फाइदा



गर्मी मौसममा ताजा नरिवलको पानी पिउनु काइदा हुन्छ । एउटा नरिवलमा करिब २ सय मिलीलिटर भन्दा बढी पानी हुन्छ ।

नरिवल पानीले शरीरलाई तागत दिनुका साथै विषालु तत्वहरुबाट बचाउन भूमिका खेल्छ । नरिवल पानीमा एमिनो एसिड, बी कम्प्लेक्स, भिटामिन सी, एन्टिअक्सिडेन्ट लगायत तत्व पाइन्छ । नरिवल पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यस बाहेक पनि अन्य धेरै फाइदाहरु छन् ।

– नरिवल पानीमा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ यसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

– नरिवल पानीको सेवनले छालालाई नरम र मुलायम बनाउँछ ।

– नरिवल पानी पिउँदा किड्नीमा स्टोन हुदैँन । किड्नीलाई स्वस्थ बनाउन पनि नरिवल पानी उपयोगी हुन्छ ।

– थाइराइडका बिरामीले पनि नरिवल पानी पिउनु लाभदायी हुन्छ । बिहान खाली पेटमा नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलित हुने गर्दछ ।

– नरिवल पानीमा क्यालोरीको मात्रा कम हुने भएकाले यो खाएको धेरै बेरसम्म पनि भोक लागेको महसुस हुँदैन । यसकारणले तौल व्यवस्थापनमा नरिवल पानीले मद्धत गर्छ ।

– नरिवल पानीले शरीरमा पानीको मात्रामा कमी हुन दिँदैन । साथै बान्ता भएको समयामा, झाडापखाला लागेको समयामा शरीरमा पानी कम भएको समयमा पनि नरिवल पानी फाइदाजनक सावित हुन्छ ।

– नरिवल पानीमा फ्याट र कोलेस्ट्रोल नहुने भएकाले यो मुटुको स्वास्थ्यका लागि पनि महत्वपुर्ण हुन्छ ।

– नियमित नरिवल पानी सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ८ : ३४ बजे