असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

जसले कुकुर बचाउन ज्यानको बाजी थापे, भिडियो रातारात भाइरल (भिडियोसहित)



केही मानिस मनका यति राम्रा हुन्छन् कि उनीहरु निसहाय जनावर बचाउनसमेत ज्यानको बाजी थाप्छन् । यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

भिडियोमा एक व्यक्तिले ज्यानको बाजी राखेर एक कुकुरको ज्यान बचाएको देख्न सकिन्छ । कुकुर बचाउन उनले लगाएको जुक्ति अनौठो त छ नै साथै अत्यधिक जोखिमयुक्त पनि छ ।

ति व्यक्तिले नालीमा आएको बाढिमा बग्दै गरेको कुकुरलाई जेसीबीको खन्ने भागमा बसेर बचाएका छन् ।

भिडियो

नालामा तेज बहावको बाढिका बिच ति व्यक्तिले ज्यानको पर्वाह नगरी कुकर बचाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनलाई धेरैले ज्युदो भगवान भनेका छन् । यो भिडियो अहिले सबै सामाजिक एपहरुमा भाइरल बनेको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ८ : ०६ बजे