एक कप कफीको चुस्कीले शरिरलाई चुस्त पारेको मिठो अनुभूति धेरैले लिनु भएको होला । अझ बिहान बिहान एक कप कफीको सेवनले मानिसलाई दिनभर सक्रिय र शक्ति थपिएको अनुभव हुन्छ ।
कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ । तर, बिहानै खाली पेटमा कफीको सेवन गर्नु खतरनाक हुन्छ ।
बिहान खाली पेटमा कफी सेवन गर्दा रोग निम्तन सक्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक अध्ययन अनुसार बिहान खाली पेटमा कफी पिउँदा शरीरको मेटाबोलिज्म र रगतमा हुने चिनीमा असर पुर्याउँछ ।
धेरैले अपुरो निन्द्रा, थकान, आलस्य हटाउन खाली पेटमा बिहानै कफी पिउँछन् । तर यो समयमा पिउने कफीले शरीरमा परिवर्तन ल्याउँछ । जसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ । साथै लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या पनि देखिन सक्छ । विशेषतः मधुमेह र मुटुको रोग लाग्ने सम्भावना उच्च रहन्छ । त्यसैले बिहानै उठेर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुदैँन ।
वैज्ञानिकका अनुसार खाली पेटमा लगातार कफी पिउनाले शरीरमा असर पुर्याउँछ । तर विशेषतः मुटुमा असर पर्छ । यसका साथै, इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुन जान्छ ।
प्रतिक्रिया