जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड अभिनेता फरहान अख्तरले हलिउडमा डेब्यु गर्दै



काठमाडौं – बलिउडका चर्चित अभिनेता फरहान अख्तरले हलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । हालसम्म धेरै फिल्ममा काम गरिसकेका फरहानले हलिउडमा पहिलो पटक पाइला टेक्न लागेका हुन् ।

उनले हलिउड सिरिज ‘मिस मार्भल’ मा अभिनय गर्ने भएका हुन् । फिल्ममा उनको भूमिका भने खुलाइएको छैन । यसमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर लगायतको अभिनय रहने बताइएको छ ।

उनले हलिउडमा पहिलोपटक अभिनय गर्ने हुनाले यस फिल्मलाई चासोका साथ हेरिएको छ । आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने बताइएको छ । अहिले उनी कटरिना, प्रियंका, आलिया अभिनित फिल्म जि ले जरा मा निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार  ९ : ५० बजे