श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

सागसब्जी काँचै खाने कि ?



नेपाली भोजनमा कुनै न कुनै सागसब्जी (काउली), बन्दा, रायो, तोरी, मुला, सलगम आदि हुने गर्छ । अरु एसियाली मुलुकमा पनि यी तरकारी निकै लोकप्रिय मानिन्छन् । दाल–भात, डुकु वा काउली, मुलाको अचार ज्यादै स्वादिलो एवम् स्वस्थकर नेपाली भोजन हुन् ।

यस्ता सागसब्जीमा फोलेट, क्लोरोफिल, सल्फरयुक्त ग्लुकोसिनोलेट पाइन्छन् । सय ग्राम काँचो रायोको सागमा ११८.१ देखि ५४४.५ मिलिग्राम ग्लुकोसिनोलेट पाइन्छ । साग काट्दा वा भाँच्दा मेरोसिनेज भनिने इन्जाइम निस्कन्छ, जसले ग्लुकोसिनोलेटलाई आइसोथायोसाइनाइड भनिने केमिकलमा परिणत गरिदिन्छ ।

उक्त केमिकलमा एन्टिक्यान्सर गुण रहेको अनुसन्धानहरुले देखाएका छन् । साथै कार्सिनोजनको असर निश्क्रिय बनाई क्यान्सर हुनबाट जोगाउने गुण पनि हुन्छ ।

रायो वा तोरीको गुन्द्रुकमा पनि आइसोथायोसाइनाइड पाइन्छ । यस्ता तरकारी खाने गरे स्तन, ब्लाडर र प्रोस्टेड क्यान्सर नियन्त्रणमा सहयोग हुन सक्ने अनुसन्धानहरुले पुष्टि गरेका छन् ।

अर्को बुझ्नुपर्ने कुरा के छ भने उच्च तापा धेरैबेर पकाउँदा ग्लुकोसिनोलेट रासायनिक परिवर्तन भई नाश हुन्छ । त्यसैले यस्ता तरकारी सकेसम्म काँचै खानु स्वस्थकर हुन्छ ।

साभार : ‘जीवन जिउने काइदा’ पुस्तकबाट

प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार  ९ : २९ बजे