जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धाशन योगबाट हुने लाभ



विधि
– सुरुमा भुइँमा सजिलो गरी बस्नुहोस् । बसेर बायाँ खुट्टालाई मोडी, कुर्कुच्चालाई अर्काे खुट्टाको तिघ्रामुनि राख्नुहोस् । दायाँ खुट्टाको कुर्कुच्चालाई बायाँ र बायाँ खुट्टाको कुर्कुच्चालाई दायाँ तिघ्राको मुनि राख्ने ।
– यसरी दुवै खुट्टालाई बदलेर गर्न सकिन्छ । खुट्टाको पञ्जा पिँडुला र तिघ्राको मध्यमा रहोस् ।
– घुँडा जमिनमा होस् । दुवै हातलाई ज्ञानमुद्रा (चोरीऔँला र बूढीऔँलाको टुप्पोलाई मिलाएर बनाइने मुद्रा) को स्थितिमा घुँडामाथि राख्ने । मेरुदण्ड सीधा रहोस् र आँखा बन्द गरी मनलाई एकाग्र गर्नुहोस् ।

लाभ
– मनको एकाग्रता कायम गरी ब्रह्मचर्य रक्षामा सहयोगी ।
– कामवेग शान्त गरी मनको चञ्चलता समाप्त गर्छ ।
– कुण्डलिनी जागरण हुन्छ ।
– पायल्स र यौनरोग नाश गर्छ ।

साभार : ‘योगतन्त्र’ पुस्तकबाट

प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार  ८ : ४६ बजे