इङ्ग्ल्याण्डका सम्राट जेम्स आफ्नो कोषमा धेरैभन्दा धेरै धन जम्मा गर्नको लागि धन लिएर उपाधि वितरण गर्थे ।
उनलाई थाहा थियो मात्र उपाधि प्राप्त गर्नाले कोही मानिस महान् बन्न सक्दैन तर मूर्ख तुच्छ अहंकारको सन्तुष्टिको लागि यस्तो गरेर आफ्नो स्वार्थ सिद्ध गरिरहन्छ ।
एक दिन एउटा मानिसले उनलाई भने, महाराज मलाई सज्जनको उपाधि दिनु पर्यो ।
जेम्सले जवाफ दिए म तिमीलाई लर्ड, ड्यूक, दार्शनिक र विचारक त बनाउन सक्छु तर सज्जन बनाउन सक्दिन ।
यो साँचो हो सज्जनता राम्रो संस्कारबाट आउँछ, त्यसलाई किन्न सकिँदैन ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया