श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

सानोमा खाजा चोरेर खान्थे, अहिले माफी माग्न साथी खोज्दैछन् (भिडियो)



संसारमा मित्रता जस्तो प्यारो अरु के होला र ? मानिससंग राम्रो मित्र छ भने उ भाग्यमानी मानिन्छ । मित्रता त्यस्तो सम्बन्ध हो जसमा सुख–दुख वा अनेकन समस्या पनि सहजै पार लगाउन सकिन्छ । मित्रताको कथामा एउटा नयाँ घटनाले सबैलाई चकित तुल्याएको छ ।

इर्विन नामक एक व्यक्तिले बाल्यकालमा पहिलो कक्षामा हुदाँ आफ्नो साथीसंग खराब व्यवहार गर्दथे । जसको पछुतोका कारण विगत १५ बर्षदेखि इर्विन ति साथीसंग माफि माग्न उनको खोजिमा हिडेका छन् । तर समस्या के छ भने उनले दुख दिएका ति साथी अहिले भेटिएका छैनन् ।

इर्विन कैयौं बर्षसम्म ति साथीसंग सम्पर्कमा थिएनन् । न त इर्विनसंग उनको नम्बर वा ठेगाना नै थियो । यस्तोमा इर्विनले सामाजिक सञ्जालका मार्फत आफ्नो ति मित्रसंग माफी माग्ने फैसला गर्दै टिकटकमा एक भिडियो हालेका छन् । यस भिडियोमा उनले पछुतो मान्दै माफि मागेका छन् ।

इर्विन अहिले कमेडियन बनेका छन् । उनी टिकटकमा समेत लोकप्रिय बनेका छन् । उनले बाल्यकालमा डायलन नामक साथीको खाजा चोरेर खाएको साथै दुख दिएकोमा माफि मागेका छन् । उनले माफि माग्दै, डायलनलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । उनको यो भिडियो अहिले भाइरल भएको छ ।

भिडियो

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ८ : ०० बजे