काठमाडौँ– नासासँग अन्तरिक्षमा धेरै उपग्रहहरू छन् जसले विभिन्न ग्रह, तिनीहरूका चन्द्रमा र ताराहरूको फोटो खिचिरहेका छन् ।
धेरै उपग्रहहरूले अन्तरिक्षको सबैभन्दा ठूलो रहस्य ‘ब्ल्याक होल’ बारे जानकारी सङ्कलन गर्छन् । अब एउटा स्याटेलाइटले ब्ल्याक होलको आवाज रेकर्ड गरेको छ । नासाले अहिले मानिसको कानले सुन्ने क्षमताअनुसार प्रशोधन गरेर जारी गरेको छ ।
यो आवाज भएको ब्ल्याक होल पृथ्वीबाट २० करोड प्रकाश वर्ष टाढा छ । यो पर्सियस ग्यालेक्सी क्लस्टरको केन्द्रको भाग हो । ११ मिलियन प्रकाश वर्षको चौडाइमा फैलिएको छ ।
यो ब्ल्याकहोल २००३ देखि ध्वनिसंग सम्बन्धित छ । त्यो किनभने खगोलविद्हरूले ब्ल्याक होलबाट निस्कने दबाब छालहरूले क्लस्टरको ग्याँसहरूलाई तातो बनाएको पत्ता लगाएका छन् ।
यो तरंग मानिसको सुन्नको लागि ध्वनि तरंगमा परिणत हुन सक्छ । मानिसले ५७ ओक्टेभ सुन्न सक्दैनन् । अब नयाँ मेसिन मार्फत यी तरंगहरूमा नयाँ नोट थपिएको छ, जसले राम्रो आवाज दिन्छ ।
सुन्नुहोस् ब्ल्याक होलको आवाज:
प्रतिक्रिया