हिन्दु धर्मशास्त्रमा सुखी जीवनका लागि धेरै नियम र उपायहरु बताइएको छ । शास्त्रमा रहेका यी नियमहरुको सही पालना गरे जीवन सुखमय हुने धार्मिक मान्यता छ ।
गरुड पुराणमा पनि विशेष चार प्रकारका कामको वर्णन गरीएको छ । जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छाड्न नहुने उल्लेख छ । यी चार कामलाई अधुरो छाडेमा भविष्यमा नोक्सान हुने धार्मीक मान्यता छ ।
क) पहिलो काम
यदि कुनै शत्रुले लगातार हानी पुर्याउने कोशिस गरिरहेको छ भने सतर्क हुनुपर्छ । शत्रुसँग मित्रता बढाउन नसके उसलाई जसरी पनि पराजित गर्नुपर्ने शास्त्रमा उल्लेख छ । शत्रुलाई पराजित नगरी अधुरै छाड्यो भने जुनैै समयमा पनि उ बाट नोक्सानी हुन सक्छ ।
ख) दोस्रो काम
ऋण वा उधारो लिएपछि सँधै पूरै फिर्ता गर्नुपर्छ । यदि ऋण पूरै फिर्ता गरिएन भने ब्याजका कारण ऋण पुनः बढ्ने सम्भावना हुन्छ । त्यसैले ऋणलाई शत–प्रतिशत तिर्ने बानी गर्नुपर्छ ।
ग) तेस्रो काम
यदि कोही व्यक्ति बिरामी परेमा औषधोपचार गरेर पूर्णरुपमा उपचार गर्नुपर्छ । रोगलाई औषधोपचार गरेर पूरै रुपमा ठीक भएन भने रोग बल्झेर शरीरमा झन् हानी हुन्छ । त्यसैले रोगको उपचार कहिल्यै अधुरो छाड्न हुदैँन ।
घ) चौथो काम
यदि कुनै ठाउँमा आगलागी भएको छ भने आगो पूरै निभाउनुपर्छ । अन्यथा थोरै आगो पनि सल्केर ठूलो नोक्सान हुनसक्छ । आगोलाई कहिल्यै सानो ठान्नु हुँदैन । –
दैनिक भास्कर
प्रतिक्रिया