गरीबदास
गरीबदासको तपस्याबाट महादेव खुशी हुँदै भनेछन्— गरीबदास, म तिम्रो तपस्याबाट धेरै खुशी भएँ, भन के वर माग्छौ ?
गरीबदास: हजुरको कृपाबाट सबथोक छ तर मैले अहिलेसम्म गतिलो सुट लगाउन पाएको छैन प्रभु…।
गरीबदासको कुरा पूरा हुन नपाउँदै क्रोधित भएर महादेवले भनेछन्— हे मनुष्य, तिमीले मलाई किन हेपेको ?
आफ्नो त लुगा नभए बाघको छाला लगाएको छु, मैले तिमीलाई कहाँबाट सुट ल्याइदिऊँ ।
नेताको काम
जीवन (निरजसँग) ः के तिमी भन्न सक्छौ कि एक जना व्यक्तिले नेता बनेपछि के विशेष काम गर्दछ ?
निरज: चुनावअघि ऊ आफ्नो हात हल्लाउँछ र चुनावपछि जनताको विश्वास ।
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रतिक्रिया