असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

हातका यस्ता चिन्हले दुर्भाग्यको संकेत गर्दछन्



हस्तरेखा शास्त्रमा हत्केलाका रेखाको अध्ययन गरी भविष्यवाणी गरीन्छ ।

हत्केलामा बनेका रेखा र चिन्हका आधारमा व्यक्तिको जीवनका बारेमा जान्न सकिने मान्यता छ । यस्तोमा हातका रेखा वा चिन्हले जीवनका बारेमा के कस्ता कुरा थाहा पाउन सकिन्छ ।

हस्तरेखा शास्त्र अनुसार हत्केलाको जीवन रेखालाई स–साना रेखाले काटेको शुभ मानिँदैन । यी रेखा जुन स्थानमा जीवन रेखालाई काट्छन् जीवनको त्यस उमेरमा जीवनमा कष्ट र समस्या भोग्नु पर्ने मान्यता छ । यस अलावा यसलाई दुर्भाग्यको प्रतिक समेत मानिन्छ ।

हस्तरेखा शास्त्र अनुसार हत्केलाको कुनै पनि स्थानमा पहाड जस्तो द्वीपको चिन्ह हुनु शुभ मानिँदैन । द्वीपको चिन्ह जुन पर्वतमा हुन्छ त्यसमा विपरीत प्रभाव पर्दछ । यदि द्वीपको चिन्ह गुरु पर्वतमा छ भने मान–सम्मानमा कमी आउँछ । सूर्य पर्वतमा छ भने जागिरसम्बन्धी समस्या आउने गर्दछ । यस्तै चन्द्र पर्वतमा यो चिन्ह छ भने व्यक्तिको कल्पना शक्ति प्रभावित हुने गर्दछ । यस अलावा मंगल पर्वतमा द्वीपको चिन्ह छ भने मानिसमा साहसको कमी हुन्छ ।

हस्तरेखा शास्त्र अनुसार अनामिका (साहिंली) औलामा क्षितिज रेखा हुने दुर्भाग्यको संकेत मानिन्छ । जुन मानिसको हातमा अनामिका औलामा क्षितिज रेखा बनेको हुन्छ उनीहरुको सामाजिक प्रतिष्ठा प्रभावित हुने गर्दछ । यस अलावा कालो दाग हुनु पनि अशुभ मानिन्छ ।

 

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ८ : ४८ बजे