श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

गोरक्षासन योगबाट हुने लाभ



विधि
– सुरुमा एउटा सजिलो आसनमा बसी गोडालाई अगाडि तन्काउने ।
– खुट्टा यसरी खुम्चाउने कि घुँडा दायाँ र बायाँ होस् र गोडाको सम्पूर्ण भागले जमिनमा टेकोस् ।
– खुट्टाका दुवै पैताला हातको सहायताले जोडी अण्डकोष र गुदद्वारको बीचमा राख्ने ।
– मेरुदण्ड सीधा राखी छाती बाहिर र पेट भित्र ल्याउने ।
– खुट्टा खुम्च्याउने र २ सेकेन्ड पूरक गर्ने, पूणासीनको अवस्थामा ६ सेकेन्ड कुम्भक गर्ने र २ सेकेन्ड रेचक गर्दै खुट्टा फैलाउने ।

लाभ
– पृष्ठभागका जोर्नीहरु स्वस्थ हुन्छन् ।
– यौनाङ्ग र यसवरिपरिका मांसपेशी स्वस्थ हुन्छन् ।
– नपुङ्सकतामा लाभकारी हुन्छ ।
– मूत्रगत र प्रजनन्सम्बन्धी विकार नष्ट हुन्छन् ।

साभार : ‘योगतन्त्र’ पुस्तकबाट

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  १ : ३० बजे