असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

किन चाहिन्छ शरीरमा भिटामिन सी र डी ?



सामान्यतता शरीरमा भिटामिन सी र डीको कमी भएका व्यक्तिमा रोग प्रतिरोधी क्षमतामा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकाले संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ । भिटामिन डी एकदमै कम खाद्यवस्तुमा पाइन्छ ।

माछा, पनिर, अन्डाको सेतो भागजस्ता खाद्यान्नबाट भिटामिन डी उपलब्ध हुन्छ । यस्तै, सूर्यबाट निस्कने युभी किरणबाट पनि भिटामिन डी उपलब्ध हुन्छ ।

भिटामिन डीले शरीरमा हाडजोर्नी बलियो बनाउन, सुजन कम गर्न र प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । शरीरमा भिटामिन डीको कमी हुँदा सप्लिमेन्ट प्रयोगमा ल्याउने विषयमा निकै भ्रम छ । अधिकांशले शरीरलाई चाहिने भन्दा बढी सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

प्रतिरोधी क्षमता बलियो बनाइराख्न भिटामिन सीले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पानीमा घुलनशील भिटामिन सी सुन्तला, कागती, ब्रोकाउली, गोलभेँडाजस्ता तरकारीमा उपलब्ध हुन्छ । यो एउटा एन्टिअक्सिडेन्ट हो, जसले प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गरिरहेको हुन्छ ।
– एजेन्सी

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  ९ : २६ बजे