श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले गर्यो यी ३ निर्णय



काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । सोमबार समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा पार्टी कार्यालय ललितपुरमा बसेको बैठकले बिभिन्न ३ निर्णय गरेको हो ।

बैठकले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वबाट अनुरोध भई आए बमोजिम २०७८ फागुन १३ गतेका लागि पूर्वनिर्धारित सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, आछाम र कैलाली जिल्लाको अधिवेसनबाट हुने जिल्ला कार्यसमितिको निर्वाचन २०७८ फागुन १५ गते हुने गरी कार्यतालिका र मिति संशोधनगर्न निर्णय गरेको छ ।

यस्तै बैठकले कांग्रेसको विधान को धारा ५१ २ बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनयन गर्ने बढीमा सात सात क्षेत्रीय प्रतिनिधिले पार्टीको १४ औं मआधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ल कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने निर्णय गरेको छ । अन्य निर्णयहरु तालिकामा हेर्नुहोस्

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  १० : ०७ बजे