जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र जिम्बावे ‘ए’ भिड्दै, वर्षाले खेल सुरु हुन ढिलाइ



काठमाडौँ– नेपालले आज पहिलो एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ : ३० बजे खेल सुरु हुने भनिए पनि वर्षाका कारण ढिलाइ भएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

एकदिवसीयपछि नेपालले टी-ट्वान्टी सिरिज खेल्नेछ । टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।

प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार  ९ : ५० बजे