आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

माधव नेपाल नेतृत्वका नेताहरुले धमाधम पार्टी छाड्दै, मकवानपुरका अध्यक्ष पोखरेलले पनि दिए राजीनामा



काठमाडौं – नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । उनले बुधबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आफूले पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा उनले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने गरी षड्यन्त्र भएको भन्दै उनले आफूले पार्टी छोडेको बताए । निर्वाचन पछि देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहर गरिएको उनको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलको नाम हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो । पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बनेकी थिइन् । उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी छोड्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ३ : ४८ बजे