असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

रुघाखोकी निको पार्ने सजिलो घरेलु उपाय



मौसम परिवर्तनसंगै रुघाखोकीले सताउने गर्दछ । कतिपयले रुघाखोकी लाग्ने बित्तिकै अस्पताल धाउने र अनेकन औषधी सेवन गर्देछन् । तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएकाले यसलाई घरमै बसेर पनि निको पार्न सकिन्छ ।

रुघाखोकी निको पार्ने घरेलु उपाय :

– नाक बजाउने
रुघा लागेको बेला नाकलाई नियमित सफा गर्न आवश्यक हुन्छ । त्यसका लागि एकापट्टिको नाकको प्वाल पुरिने गरी औँलाले थिच्ने र अर्को खुला नाकको प्वालबाट ‘सीँ’ गर्ने । दुवै नाक यसैगरी सफा गर्ने र हात नाक दुवै सफा गर्ने ।

– आराम गर्ने
रुघाखोकी लाग्दैमा किन आराम गर्ने भन्ने लाग्न सक्छ । तर रुघाखोकीमा आराम गर्दा रुघाखोकी छिटो निको हुने सम्भावना बढी हुन्छ । आराम गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता केवल रुघाखोकी नियन्त्रणमै मात्र केन्द्रित हुन्छ र छिट्टै रुघाखोकी निको हुन्छ ।

– कुल्ला गर्ने
मनतातो पानीमा नुन, सम्भव भए बिरेनुन हालेर कुल्ला गर्दा यसले घाँटीभित्रको सुख्खा भागलाई स्वस्थ्य पार्न धेरै मदत मिल्छ । यो विधी दैनिको चार पटक गर्नु ठिक हुन्छ । कुल्ला गर्ने पानीमा नुनसँगै मनतातो पानीमा कागती राख्नु पनि उचित हुन्छ ।

– तातो तरल पदार्थ
तातो पानी नियमति पिउँदा त्यसले बन्द भएको नाकलाई खुलाउन सहयोग गर्छ । अहिले त स्थानीय बजारहरूमा तुलसी लगायतका जडीबुटी राखिएका चियाहरू समेत उपलब्ध छन् ।

– फलफूल खानुहोस्
फलफूलमा पर्याप्त भिटामिन हुने भएकाले यसको सेवनले सबैखालका रोगसँग लड्न मद्दत गर्दछ । यसर्थ, रुघाखोकीको बेला खासगरी सुन्तलजन्य फलफुल अत्यन्त लाभकारी हुन्छ ।

– अन्य कुरा
धेरैले रुघाखोकीमा सिँगान पुछ्ने रुमाल बारम्बार एउटै प्रयोग गर्ने गर्छन् । यो गलत हो । एक पटक प्रयोग गरेको रुमाल दोहोर्याएर प्रयोग गर्नु हुदैँन । त्यसका सट्टा बजारमा उपलब्ध टिस्यु पेपर प्रयोग गर्नु पर्दछ । र हरेक पटक प्रयोग गरेपछि फाल्नु पर्छ । यसो गरेमा सहजै रुघाखोकी निको हुन्छ ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ९ : ५८ बजे