असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

अर्बपति एलन मस्कले खरिद गरे ट्वीटर



काठमाडौँ– विश्वका धनाढ्य एलन मस्कले अन्तत : सामाजिक सञ्जाल ट्वीटरको सम्पूर्ण स्वामित्व खरिद गरेका छन् ।

अर्बपति मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेका हुन् ।

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।

ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो ।

सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’

ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, हामीलाई हाम्रो टिममा गर्व छ ।’

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ६ : ५१ बजे