जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले सचिवालय बैठकः काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने

पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ



काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।

यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

धनगढी: प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज: प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर: प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही: प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल: प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा: अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान: प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी: प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया: विनोद साह

प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार  ९ : २६ बजे