श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

ओपोले ‘अर्थ डे ’को अवसरमा ‘ग्रीन टेक्नोलोजी’ प्रयोग गर्दै



काठमाडौं । हरेक वर्ष अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन् । टेक्नोलोजी र कलात्मकतामार्फत जीवनलाई उचाईमा पुर्‍याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालीन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकको रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको छ ।

ग्रीन अपरेशन र प्रडक्ट डिजाइनदेखि वातावरण संरक्षण र दिगोपनका मुद्दाहरुका लागि जनचेतना जगाउनेसम्म, ओपोले पृथ्वीको हरित भविष्यलाई प्रवद्र्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ ।
प्लास्टिकको प्रयोग कम गर्ने र हरियाली उत्पादनहरु विकास गर्ने प्लास्टिकजन्य फोहोर आजवातावरण प्रदूषणको एक ठूलो चिन्ता हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्यांकअनुसार हरेक वर्ष करिव ११ मिलियन टन प्लास्टिकजन्य फोहोर पृथ्वीको समुन्द्रमा फ्याँकिन्छ । प्लास्टिकको फोहोर सही तरिकाले डिस्पोज नगर्नाले यसले पानी र माटो प्रदुषित गर्छ अन्ततः हामीले खाने खानाको माध्यमबाट मानव शरीरमा पुग्दछ । यी माइक्रो प्लास्टिकहरु हाम्रो स्वास्थ्यका लागि कति घातक छ जसको बारेमा हामीले अहिले धेरै कम जान्दछौं ।

आफ्नो प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकको मात्रा घटाउन, ओपोले “3R 1D” लाई अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्याकेजिङ्ग सिद्धान्तहरु अपनाएको छ, जुन न्यूनीकरण, पुनारावृत्ति, पुनः प्रयोग गर्न योग्य र नष्ट हुन योग्यमा केन्द्रित छ । यस दृष्टिकोणमार्फत ओपोले २०१९ देखि युरोपमा आफ्नो प्याकेजिङ्गमा प्लास्टिकको प्रयोगलाई ९५ प्रतिशतले घटाएको छ । साथै परम्परागत प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न बायोडिग्रेडेबल पोलिल्याक्टिक एसिडको प्रयोग गर्दै आएको छ । यस वर्षको शुरुमा लन्च गरिएको OPPO 5G CPE T2 आंशिक रुपमा उपभोक्ता उत्पादनहरुबाट उत्पन्न PCR (पोस्ट कन्ज्युमर रिसाइकल प्लास्टिकबाट) बनाइएको हो ।

कागजको खपत घटाउने र फोहोर उत्पादन पुनः प्रयोग गर्ने
बन जङ्गल धेरै प्राकृतिक स्रोतहरुको घर हो जहाँ मानिसहरु बाँच्नको लागि निर्भर हुन्छन् । यद्यपि, अत्यधिक वन विनाशका कारण Amazon rainforest ले विगत ५० वर्षहरुमा १७ प्रतिशत क्षेत्र गुमाएको छ । वन विनाश र वन क्षेत्रको कमी पृथ्वीमा जैविक विविधताको लागि प्रत्यक्ष खतरा हो, साथै ग्लोवल वार्मिङको एक उत्प्रेरक हो । काठ फाइवरको खपत कम गर्न ओपोले सम्भव भएसम्म पुनः प्रयोग गरिएको सामग्रीको प्रयोग गर्दछ । उदाहरणका लागि, युरोपमा OPPO Find X5 सिरीजको प्याकेजिङ्ग लगभग ४५ प्रतिशत रिसाइकल फाइवरबाट बनेको छ । यो फाइवर पुनः प्रयोग गरिएको कागज वा अन्य जैविक फोहोरहरु, उखु र बाँसबाट आउँछ ।

उत्पादनको ‘लाइफ साइकल’ बढाउने र ई-फोहोरको नयाँ उद्देश्य निकाल्ने
विगत ५ वर्षमा विश्वव्यापी रुपमा उत्पन्न हुने इलेक्ट्रोनिक फोहोरको मात्रा २१ प्रतिशतले वृद्धि भएको छ, जसले यसलाई घरायसी फोहोरको सबैभन्दा छिटो बढ्ने माध्यम बनाएको छ । यद्यपि, विद्युतीय फोहारको १७.४ प्रतिशत मात्र पुनः प्रयोग गरिन्छ । ईलेक्ट्रोनिक फोहोरले वातावरणमा निम्त्याउने दीर्घकालीन खतरालाई आत्मसात गर्दै ओपोले आफ्ना उत्पादनहरुलाई अझ टिकाउ बनाउँदैछ । यसले वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, खेर जाने इलेक्ट्रोनिक उत्पादनहरुको रिसाइकल गर्ने कार्यक्रमहरु पनि गर्दै आइरहेकोे छ ।

उदाहरणका लागि, पछिल्लो लन्च OPPO Find X5 ओपोको सेल्फ-डेभलप्ड हेल्थ इन्जिनले बनाइएको छ । यसले स्मार्टफोनको ब्याट्री ८० प्रतिशत बढाउँछ र ८० W Super VOOC फ्लास चार्ज टेक्नोलोजी प्रयोग गरेर लगभग १६०० फुलचार्ज गर्छ । यो ईण्डष्ट्रिको औषतभन्दा दुई गुणा हो । अनि लामो समयसम्म चलाउन सकिन्छ । हालसम्म ओपोले विभिन्न देशहरुमा रिसाइकलिङ्ग पुनरावृत्ति कार्यक्रमहरु स्थापना गरी ट्रेड इन सेवा प्रदान गरिसकेको छ । चीनलाई उदाहरणका रुपमा लिने हो भने ओपोले आफ्नो पुनरावृत्ति कार्यक्रममार्फत २०२१ मा १२ लाखभन्दा बढी मोबाइल फोन संकलन गर्‍यो । यो २१६ टनभन्दा बढी ईलेक्ट्रोनिक फोहोर बराबर हो ।

ओपोले आफ्नो औद्योगिक र गैरसरकारी संस्थाको साझेदारीमार्फत फोहोर इलेक्ट्रोनिक उत्पादनको रिसाइकल प्रवद्र्धन गर्न पनि मद्दत गरिरहेको छ । युरोपमा ओपोले स्थानीय रिसाइक्लिङ्ग प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्दैछ र ईलेक्ट्रोनिक फोहोरको रिसाइक्लिङ्ग कार्यक्रम कार्यान्वयन गर्न व्यवसायिक तेस्रो पक्ष रिसाइक्लिङ्ग संस्थाहरुसँग साझेदारी गर्दैछ । अस्ट्रेलियामा, ओपोले तारोङ्गा संरक्षण समाजसँग काम गरिरहेको छ र जनतालाई उनीहरुको फोहोरको ईलेक्ट्रोनिक उत्पादनहरु सही तरिकाले पुनः प्रयोग गर्न र ई-फोहोरको मात्रा घटाउन आह्वान गरिरहेको छ ।

ओपो ईको रेटिङ लेबलिङ योजनामा सामेल हुने पहिलो स्मार्टफोन कम्पनीहरुमध्ये एक होे । जुन युरोपका धेरै अग्रणी अपरेटरहरुले उनीहरुको सम्पूर्ण लाईफ साईकलमा मोबाइल फोनहरुको वातावरणीय कार्यसम्पादन मूल्याङ्क नगर्न सिर्जना गरेको कार्यक्रम हो । यस योजनामा आफ्नो सहभागितामार्फत ओपोले दिगो रुपान्तरण गर्न उद्योगका अन्य व्यक्तिहरुसँग मिलेर काम गरिरहेको छ ।

प्रविधिमार्फत दिगोपन प्रवद्र्धन गर्न विभिन्न सरोकारवालाहरुसँग साझेदारी गर्दै
ओपोले आफ्नै प्रविधिमार्फत वातावरणीय संरक्षण र दिगोपनसम्बन्धी समस्याहरुको समाधान मात्र प्रदान गर्दैन, तर यी समस्याहरु समाधानका लागि मद्दत गर्न विश्वभरका मानिसहरुलाई सूचीबद्ध गर्दै एनजीओहरुसँग साझेदारी गर्दैछ ।
ईटालीमा, ओपोले स्थानीय एनजीओ-Free Plastic OdvOnlus सँग साझेदारी गरेको छ, जसले २०२१ मा पाँच शहरमा फोहोर संकलन गतिविधि सञ्चालन गरेको छ । एक हजारभन्दा बढी स्वयंसेवकको सहयोगमा कार्यक्रममार्फत १० टनभन्दा बढी प्लाष्टिक फोहारलाई पुनः प्रशोधन गरिएको छ ।

अष्ट्रेलियामा, ओपोले ग्रेट ब्यारियर रिफले सामना गरिरहेको वातावरणीय संकटको बारेमा सचेतना जगाउन र यसप्रति आह्वान गर्न एआर एप प्रयोग गरी रिस्टोरेसन फाउन्डेसन -आरआरएफ) सँग पनि साझेदारी गरेको छ । २०२१ मा, ओपोले RRF लाई २०२६ सम्म ग्रेट ब्यारियर रिफमा १,०००,००० नयाँ कोरलहरु उत्पादनका लागि मद्दत गर्न ५२,००० डलर रकम प्रदान गरेको छ । हाम्रो प्राकृतिक वातावरण र पृथ्वीमा जैविक विविधताको संरक्षण वेवास्ता गर्नु धेरै ठूलो मुद्दा हो । हाल १० लाख प्रजातिहरु लोप हुने खतरामा रहेकाले ओपोले यी प्रजातिहरुले प्रकृतिमा थप्ने रङर सौन्दर्यलाई जोगाउन प्रविधिको प्रयोग गर्ने आशा राखेको छ ।

लगातार दोस्रो वर्ष, नेशनल जियोग्राफिसँग ओपोको लोपोन्मुख Colourscampaign लोपोन्मुख र जोखिममा रहेका जनावरहरुको सुन्दर ईमेजरी प्रयोग गरी जैविक विविधता संरक्षण गर्न थप मानिसहरुलाई प्रेरित गरेको छ । अभियानमा गैरनाफामुखी ‘National Geographic Society’ र यसको वन्यजन्तु संरक्षणका लागि समर्थन पनि समावेश छ । यस पृथ्वीको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो । ओपोले प्रगति र सबैको सामुहिक कार्यबाट पृथ्वीको प्राकृतिक वातावरणलाई जोगाउन मद्दत गर्न सकिन्छ भन्ने विश्वास राख्छ । यस अर्थ डेमा ओपोसँग सामेल भई आफ्नै व्यक्तिगत कार्यहरुबाट शुरु गरी हरित भविष्यतर्फ काम गरौं ।

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  २ : ५३ बजे