श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

अनमोललाई पछुतो प्रदिप स्थापित भएर पो हो की !



लभ स्टोरी जनराको ‘प्रेमगीत’ सफल चलचित्र हो । यही चलचित्रबाट नायिकाका रुपमा पुजा शर्मा स्थापित भइन भने नायकका रुपमा प्रदिप खड्का ।

नायकका लाग निर्माण टिमको पहिलो रोजाई थिए अनमोल केसी । स्कृप्टमा चित्त बुझाए पनि अनमोलले चलचित्रको अफर स्वीकार गरेनन् । अनि निर्माण टिम पुग्यो प्रदिप खड्का समक्ष ।

त्यो समय प्रदिप अष्टेलिया जानको लागि तयार थिए । उनको हातमा पासपोर्ट थियो । ‘प्रेमगीत’को अफरसँगै उनले अष्टेलिया जाने सपना त्यागे र यो चलचित्रमा काम गरे । चलचित्रको फष्ट लुक सार्वजनिक भएसँगै प्रदिपको चर्चा निकै चुलियो । चलचित्र रिलिज सम्म उनी चर्चामा आइसकेका थिए । चलचित्रबाट प्रदिपले धेरैको मन जिते । ‘प्रेमगीत’ले प्रदिपलाई नायकका रुपमा स्थापित गरिदियो ।

अहिले नेपाली चलचित्रमा स्टार कलाकारका रुपमा अनमोल र प्रदिप नै अग्र सूचिमा छन् । बजारमा उनीहरु नै नम्वर वानको होडमा रहेको देखिन्छ । बक्स अफिसमा दुबैको दबदबा कायम छ । तर, अनमोल एकैनासका चलचित्रमा मात्र देखिदै गर्दा प्रदिप एक कदम अघि बढेका छन् । उनले लभ स्टोरी चलचित्रबाट केही माथी उठेर काम गरेको चलचित्र ‘प्रकाश’ रिलिजको तयारीमा छ । यो चलचित्रको फष्ट लुकसँगै उनको चर्चा फेरी चुलिएको छ । टिजर रिलिजसँगै उनको अभिनयको पनि चर्चा भएको छ ।

यता अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत् छ । यही चलचित्रको सेलिब्रेटी शोमा पुगेकी थिइन ‘प्रेमगीत’ अभिनेत्री पुजा शर्मा । चलचित्र हेरेपछि पुजा र अनमोल एकसाथ मिडियासँग प्रस्तुत भए । जहाँ पुजाले ‘प्रेमगीत’को पहिलो अफर अनमोललाई गरेको तर, उनले चलचित्र नगरेको बताइन । अनमोलले पनि पुजासँग काम गर्न इच्छा रहेको जनाए । सञ्चारकर्मीले त्यही कुरामा टेकर थप प्रश्न गरे – पुजा सँग प्रेमगीत’मा काम नगर्दा अनमोललाई पछुतो छ ? शुरुमा त अनमोलले हाँसेरै टार्ने कोसिस गरे । तर, पत्रकारले अफर त आएको थियो नी भन्ने टुक्रे प्रश्न गरेपछि भने उनले छ भन्ने जवाफ दिए ।

आफैले अस्विकार गरेको चलचित्रलाई लिएर अनमोलाई यतिबेला किन पछुतो भयो थाहा भएन । पुजाका चलचित्र पनि बक्स अफिसमा सफल भएर हो वा त्यही चलचित्रबाट आफ्नो प्रतिष्पर्धी नायक जन्मिएको भएर हो त्यो उनै जानुन् । एउटा कुरा पक्का के हो भने यदी उनले ‘प्रेमगीत’ गरेको भए सायद उनका प्रतिष्पर्धी नायक प्रदिप यतिबेला अष्ट्रेलिया तिर हुन्थे । त्यही चलचित्रबाट स्थापित भएर आज प्रदिपले जबरजस्त उपस्थित जनाइरहेका छन् । त्यसैले कतै अनमोललाई ‘प्रेमगीत’बाट आफ्नो प्रतिष्पर्धी जन्मीएकोमा पो पछुतो भएको हो की ! अनमोललाई पछुतो प्रदिप स्थापित भएर पो हो की !

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  १ : ०९ बजे