जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तारुढ गठबन्धनको बैठक जारी, सिट बाँडफाँटको विषय टुंगाइने



काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा जारी छ । स्थानीय तहको निर्वाचनको लागि महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा छलफल गर्न बैठक बसेको हो ।

सिट भागबण्डाका बिषयमा पाँच दलीय गठबन्धन आइतबारदेखि नै निरन्तर छलफलमा छन् । मंगलबार बसेको बैठकमा सिट भागबण्डामा सहमती भए पनि टुंगोमा भने पुग्न सकेको छैन । नेपाली कांग्रेसलाई ३ महानगरपालिका र अन्य ३ पार्टीलाई एक एक महानगरपालिका दिइने चर्चा चलेको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहधागी रहेका छन् ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ३ : ०८ बजे