श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

आफ्ना लागि आफैले कथा लेख्दै प्रियंका



प्रियंका कार्की कुनै समयकी नम्बर वान नायिका हुन् । बौद्धिक नायिकाको समेत छबी बनाएकी प्रियंकालाई धेरैले गसिपमा रमाउन सक्ने नायिकाको रुपमा समेत चित्रण गर्छन ।

आफ्नो फिल्मी करियरमा बिभिन्न शैलीका कथामा प्रियंकाले काम गरिसकेकी छिन । मुख्य भूमिका मात्र नभएर बिशेष भुमिका समेतलाई काउण्ट गर्ने हो भने प्रियंकाले ४७ चलचित्रमा काम गरेकी छिन । एउटा चलचित्रमा भने उनी बाल कलाकारका रुपमा थिइन ।

नायिकाका रुपमा उनको पहिलो चलचित्र सन् २०१२ मा रिलिज भएको थियो । त्यसयता पछिल्लो १० वर्षमा उनले ४६ चलचित्रमा काम गरिन । १० वर्षमा ४६ चलचित्रमा काम गर्नु चानचुने कुरो हुँदै होइन । यद्यपी जति चलचित्रमा काम गर्दा पनि उनले चाहे जस्तो भूमिकामा भने काम गर्न पाइनछन् । यसैले त यतिबेला उनी आफ्ना लागि आफैले चलचित्र लेख्न थालेकी छिन ।

मंगलबार एक कार्यक्रममा प्रियंकाले आफ्ना लागि अरुले नलेखेको वा लेख्न नसकेको कथा आफैले लेख्न थालेको बताइन । तर, कस्तो खालको कथा हो त्यो भने खुलाइनन् । ४६ चलचित्रमा काम गर्दा पनि खेल्न नपाएको त्यो कस्तो कथा होला, जुन प्रियंका आफैले लेख्दैछिन ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ११ : ४१ बजे