असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

कतारमा विभिन्न कसुरमा सजाय भोगेका २१ जना नेपालीले पाए क्षमादान



काठमाडौं – कतारमा विभिन्न कसुरमा सजाय पाएका २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा २१ जना नेपालीलाई क्षमादान दिएका हुन् ।

सो अवसरमा कतारमा रहेका २१ जना नेपालीले क्षमादान पाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलाप, ११ जना चोरीजन्य क्रियाकलाप, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा सजाय पाएका रहेका छन् । उनीहरुलाई थानीले इस्लाम धर्मावलम्बीहरूको रमादानको अवसरमा क्षमा दिइएको हो ।

प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार  ६ : ३४ बजे