श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्डस् २०२२मा दुई अवार्ड



काठमाडौं– ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवकालागिआईएफ डिजाइन अवार्ड्स २०२२मा दुई उपाधि हात पारेको छ ।

ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन, ओपो फाइन्ड एन, सन् २०२१को डिसेम्बरमा सार्वजनिक गरेको थियो ।

दुबै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ । यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ परम्परागत फोनकै आकारसँग मिल्दो जुल्दो १९ः९ रेसियोको प्रयोग गरिएको छ । त्यसैगरी यसको भित्री डिस्प्लेमा ८.४ः९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ । यसले गर्दा फोनलाई अनफोल्ड गर्दा थप सहजताको अनुभवगर्न सकिन्छ ।

फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेवल उपकरणका लागि कस्टम सफ्टवेयरकालागि टू–फिंगर स्प्लिट स्क्रिन जस्ता विभिन्न आकर्षक सफ्टवेयरहरु पनि उपलब्ध गराएको छ ।

टू–फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दूई औँलाको सहायताबाट तलतिर स्वाइप गरी स्क्रिनलाई स्प्लिट गरी मल्टिटास्किंगका लागिउपयोग गर्न सक्छन् ।

त्यसैगरी, ओपो फाइन्ड एनमा स्व–विकसित फ्लेक्सियोन हिन्जपनिउपलब्ध छ ।

फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०–१२० डिग्रीको कुनैपनिकोणमा सहजै उभ्भिने कार्यमा सहजता प्रदान गर्छ ।

साथै, फोल्ड गरिएको अवस्थामा यसले डिस्प्ले बीचको “ग्यापमा”कमी ल्याउँदै भित्री स्क्रिनलाई स्क्रयाचबाट जोगाउनुका साथै प्रयोगकर्तालाई कम्प्याक्ट अनुभवप्रदान गर्छ ।

चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विक्रीका आधारमा यसले पहिलो महिनामै १० लाखभन्दा बढी अर्डर नाघि सकेको छ ।

 

प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार  ५ : २० बजे