काठमाडौँ– पाल्पाको रैनादेवी छहरा – ६, जुठापौवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
ग १ ख ४९०२ नम्बरको बस दुर्घटनामा परी घाइते भएका रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही ठाउँका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती सख्त घाइते भएका छन् ।
घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
बस सडकबाट चारसय मिटर तल खसेको थियो ।
प्रतिक्रिया