आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

केजीएफसँग टक्कर लिन नसकेपछि भारतमा ‘जर्सी’ सर्‍यो, के नेपालमा ‘ए मेरो हजुर ४’ सर्ला ?



काठमाडौँ– भारतमा केजीएफ च्याप्टर २ को आक्रमण बुकिङ भए पछि शाहिद कपुर र मृणाल ठाकुरद्धारा अभिनीत जर्सीको रिलिज डेट फेरी एकचोटी सरेको छ ।

जर्सी केजीएफसँगै बैशाख १ गतेबाट रिलिज हुँदै थियो । अब जर्सी बैशाख ९ गते रिलिज हुने भएको छ । 

यस्तै, नेपालमा केजिएफसँगै अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ए मेरो हजुर पनि सोही दिन रिलिज हुँदैछ ।

टिकट बुकिङको आँकलन हेर्ने हो भने ए मेरो हजुर ४ लाई दर्शकले कुनै पनि रुचि देखाएनन् । अझ, टिकट बिक्री रेकर्ड हेर्ने हो भने यो फिल्म असफल नै भइसकेको छ ।  

तर अहिलेसम्म पनि निर्माण पक्षले ए मेरो हजुर नसर्ने बताइरहेका छन् । यदि नसार्ने हो भने घाटा ए मेरो हजुर टिमलाई नै पर्ने प्राय निश्चित नै छ । 

त्यसो त, केजीएकोे विहीबार, शुक्रबार र शनिबारको टिकट लगभग सबै बिक्री भइसकेको छ भने ए मेरो हजुरको टिकट बिक्री एकदमै न्यून छ ।

 फिल्म रिलिज हुनु एक हप्ता अगाडि देखि नै यी दुवै फिल्मको अग्रिम टिकटहरू खुलिसकेका थिए। बुकिङको तथ्यांक हेर्ने हो भने नेपाली थिएटरमा ुए मेरो हजुर ४ु बहुप्रतिक्षित भनिएको फिल्म केजीएफ २को मारमा परेको छ।

केजीएफ २ले रिलिज अघि नै बक्स अफिसमा आक्रामक बुकिङ गरिरहेको छ। ‘केजीएफ २’ को टिकट ‘सोल्ड आउट’ भइसकेको हल सञ्चालकहरू बताउँछन्। तर, झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ कमजोर देखिएको छ।

बागदरबारस्थित सीटीसी मलमा केजीएफ २ का रिलिजको पहिलो दिन बिहिबारदेखि आइतबारसम्मका शोहरू हाउसफुल रहेको छ।

कमलादीस्थित क्यूज सिनेमामा केजीएफ २ले ९ शो पाउँदा ए मेरो हजुर ४ ले मात्र एक शो मात्रै पाएको छ। जसमध्ये केजीएफ २ को बिहीबारको सबै टिकटहरू ‘सोल्ड आउट’ भइसकेको छन्। शुक्रबारको पनि ५० प्रतिशत टिकट बिक्री भइसकेको छ ।

नेपालकै ठूलो मल्टिप्लेक्स क्युएफएक्सले पनि केजीएफ लाई देशैभर उच्च शो दिएको छ। रिलिजको पहिलो दिन केजीएफ २ लाई देशभरबाट ७४ वटा शो दिँदा ए मेरो हजुर ४ ले भने २६ शो पाएको छ। जसमध्ये काठमाडौं उपत्यकाका टिकटहरू सबै बिक्री भइसकेको क्युएफएक्स ले जनाएको छ ।

यसैगरी, चावहिलस्थित एफक्युब सिनेमामा रिलिजको पहिलो दिन ‘केजीएफ २’ लाई १३ वटा र ‘ए मेरो हजुर ४’ लाई ३ शो दिएको एफक्युब सिनेमाले जानकारी दिएको छ ।

‘केजीएफ २ को पहिलो दिनको सबै टिकट सोल्ड आउड भइसक्यो। यसको बुकिङ नै आक्रामक छ। शनिबारसम्म पनि हाउसफुल नै हुने अनुमान छ। तर नेपाली फिल्मको भने अहिलेसम्म एउटा शोमा जम्मा २० वटा मात्रै टिकट बिक्री भएको छ एफक्युब सिनेमा तथ्याङ्कले देखाउँछ ।

यश अभिनीत फिल्म ‘केजीएफ २’ सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’ को सिक्वेल हो। बक्स अफिसमा सफल मानिएको पहिलो भागका कारण दर्शकहरू यस फिल्मको सिक्वेलको तीव्र प्रतीक्षामा छन्। भारतमा मात्रै होइन नेपालमा पनि केजीएफ २ को राम्रै चर्चा छ। तर एकैदिन ए मेरो हजुर ४ पनि रिलिज हुँदा नेपाली फिल्मको अवस्था अग्रिम टिकट बुकिङबाट नै प्रष्ट भएको छ।

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  १२ : ३१ बजे